सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुन्डेस लिगामा लेवान्डोस्कीको कीर्तिमान

रोबर्ट लेवान्डोस्कीले लगातार सात सिजन बुन्डेस लिगाको पहिलो खेलमा गोल गर्ने कीर्तिमान बनाउँदा बायर्न म्युनिख भने बोरुसिया मोचेन ग्लाडबाचसँग बराबरीमा रोकिएको छ । नयाँ प्रशिक्षक जुलियन नागल्सम्यानको नेतृत्वमा पहिलो खेलमा बायर्न १–१ को बराबरी खेल्न बाध्य भएको हो ।

खेलको १० औँ मिनेटमा नै ग्लाडबाचका लार्स स्टिन्डलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पछिल्ला ९ सिजनको विजेता बायर्नले सन् २०१२ पछि पहिलोपटक सिजनको पहिलो गोल गर्नबाट चुकेको हो ।

पहिलो हाफ सकिन लाग्दा जोसुवा किमिचको कर्नरमा भलीमार्फत बायर्नलाई खेलमा फर्काए । दोस्रो हाफमा लेवान्डोस्की र स्टिन्डल दुवै आ–आफ्नो टोलीलाई जीत दिलाउने नजिक पुगेका थिए ।

लेवान्डोस्कीले बुन्डेस लिगाका पछिल्ला ११ खेलमा गोल गर्न सफल भएका छन् । यस क्रममा उनले १८ गोल गर्न सफल भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »