सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैध्य-विप्लव संयुक्तमोर्चावारे नेकपा (माओवादी केन्द्र) को दृष्टिकोण

गोपाल किराती

सामाजिक सञ्जालहरु मार्फत चार पार्टीले रणनीतिक संयुक्तमोर्चा निर्माण गर्न लागेको समाचारले हामीलाई खुशी नै तुल्याएको छ र त्यसप्रति हार्दिक शुभकामना समेत गर्दछौँ। र, यसै मार्फत निम्नानुसार पार्टीको तर्फबाट प्रारम्भिक धारणा सार्वजानिक पनि गर्दछौँ।

१. प्रथम संविधानसभाबाट अधिकतम् प्रगतिशील संविधान निर्माणको राष्ट्रीय सहमति भाँड्दै पार्टी विभाजनमा लागेका क. मोहन बैध्य र क. विप्लवले विध्यमान गणतन्त्रको संविधान खारेजीको नीति लिनु स्वभाविक नै होला। परन्तु, हामी भने संविधानसभाबाट संविधानको कार्यनीतिमा प्रतिबद्व रह्यौं। जसको परिणाम कम्तिमा जनयुद्वको मुख्य राजनीतिक उपलब्धी गणतन्त्रको न्युनतम् प्रगतिशील संविधान निर्माण गर्यौं। जसलाई हाम्रो पार्टीले उपलब्धी र कम्जोरीसहितको संविधान भनेको छ। र, उपलब्धीको रक्षा गर्दै कम्जोरी सच्याउन महान जनविद्रोहको रणनीतिमा अघि बढेको छ।

२. हामीले भन्दै आएका छौ कि संविधान खारेजीको मागमा आन्दोलन गरियो भने सर्वप्रथम एस जयशंकर प्रशन्न हुनेछन, जो अहिले भारतीय विदेशमन्त्री छन। दोस्रोमा प्रतिगामी राजावादीहरु र तेस्रोमा खड्गप्रसाद ओली प्रबृत्ति हर्ष बढाईमा लाग्ने छन। अब त खड्गप्रसाद ओलीले नै संविधान खारेज गर्दैछन। प्रश्न छ, के ओली प्रबृत्तिले विध्यमान संविधान खारेज गर्दा चार पार्टीले स्वागत गर्ने छन?

तसर्थ संविधान खारेजीको आन्दोलन अर्को बाम विसर्जनवादी कदम मात्र हुनेछ, जसको किमार्थ समर्थन गर्न सकिन्न। बरु नेकपा (माओवादी केन्द्र) द्वारा प्रस्तुत संविधानको समाजवादी पुनर्लेखन कार्यसूची वस्तुसंगत तथा क्रान्तिकारी छ र वस्तुवादी नीतिमा हाम्रो पार्टी दृढप्रतिबद्व रहन्छ।

३. राजा महेन्द्रद्वारा घटित ०१७ को सैनिक काण्डपछि नेपाली कम्युनिस्ट आन्दोलनको कार्यनीति निर्धारण गर्दा केसरजंग रायमाझी नारायणहिटी प्रवेशको लाईनमा, मोहनविक्रम सिंह संविधानसभाको लाईनमा र पुष्पलाल श्रेष्ठ संसद पुनर्स्थापनाको लाईनमा उभिएको ईतिहास छ। रायमाझी लाईनले दक्षिणपन्थी विसर्जनवाद र सिंह लाईनले उग्रबामपन्थी विसर्जनवादको सेवा गर्दथ्यो र गर्यो भने संयुक्त जनआन्दोलनको कार्यदिशा हुँदै पुष्पलाल लाईनले ३० बर्षीय पञ्चायती निरंकुशता अन्त्य गरेर छाड्यो।

हामीहरु एकदम् स्पष्ट छौं कि यति बेला जीवित रहेका भए निश्चित रुपमा पुष्पलाल श्रेष्ठ गणतन्त्र रक्षा र विकास हेतु संविधानको समाजवादी पुनर्लेखन कार्यादेशमा संसद पुनर्स्थापनाको समर्थन गर्दथे।

अन्त्यमा, आज नदीहरुमा पुल लगाउँदा ईन्जीनियरले सर्वप्रथम सानो साँघु थाप्दछन, जसबाट पक्की पुल निर्माणका लागि काम्दार तथा सामानहरु वारिपारी गर्न सकियोस्। भन्न खोजिएको यो हो कि समाजवादी गणतन्त्रका लागि आजको पुजीवादी गणतन्त्र त्यस्तै पूर्व प्रयोजनको सानो साँघु हो। विडम्बना, बैध्य र विप्लवहरु ईन्जीनियरको सानो साँघु नै भत्काईदिन खोज्दछन। तब कुन ठाउँमा टेकेर कसरी वैज्ञानिक समाजवादको पक्की पुल बनाउने होला? वस्तुसंगत जवाफ चाहियो!

आशा र खबर्दारी गरौं, चार पार्टीको गलत नीतिले खड्गप्रसादहरुलाई

बुर्जुवा नै भए पनि गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको सिद्वान्त र आँशिक नै भए पनि समानुपातिक समावेशीकरणको संविधान खारेज गर्दै हिन्दु फासिवादी आतंक मच्चाउने सुअवसर नमिलोस्।

भर्खरै

सम्बन्धित खबर

Language »