सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मंसिर २४ र २५ गते सेलो महोत्सव, तयारी अन्तिम चरणमा

काठमाडौँ । पर्यटन, सस्कृति तथा नागरिक उडयनमन्त्री प्रेम आले मगरको प्रमुख आतित्थ्यतामा बौद्धको चुच्चे पाटी स्थित हायत होटलको खुल्ला चौउरमा डम्फु र ताम्बाको सस्कृतिलाई युवा पुस्तामा रुपान्तरण गर्ने उदेश्यका साथ नेपाल तामाङ कलाकार संघको आयोजनामा दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव २०७८ हुने भएको छ ।

नेपाल तामाङ कलाकार संघको आयोजनामा मंसिर २४ र २५ गते हुन लागेको सेलो महोत्सवमा विशेष गरेर तामाङ ताम्बा सस्कृतिको प्रवद्र्घनको सन्र्दभमा विशेष जोड दिने पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

करिब २५ देखि ३० लाखको हाराहारीमा दोस्रो तामाङ मौलिक सेलो महोत्सव सम्पन्न हुने बताएता पनि कुनै संघ सस्थाबाट आर्थिक साहयता नलिएको अध्यक्ष विश्व दोङले पत्रकार सम्मेलनमा बताउनु भयो । पहिलो महोत्सव २०७६ सालमा सम्पन्न भएको थियो तर कोभिडको कारणले २०७७ सालमा आयोजना गरेको थिएन । विविध समस्याहरुसँग सामाना गरी आयोजना हुन लागेको दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सवलाई सफल पार्न सहयोग र सहभागीताका लागि नेपाल तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङले सम्पुर्ण तामाङ समुदाय लगाएत आम नेपालीहरुमा अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनमा टुङना कसको आधिकारीक बाजा हो भनेर प्रश्न उठेको थियो । अध्यक्ष विश्व दोङले शेर्पा समुदायको मौलिक बाजा भएको भन्ने हल्लाको कारणले टुङनाको विषयमा बहसमा ल्याउन आवश्यकता रहेको बताएता पनि पुराना कलाकार जयनन्द लामाले आधिकारिकरुपमा टुङना तामाङ समुदायको आधिकारीक बाजा भएको विभिन्न पुस्तकहरुको उदाहरण दिएर प्रस्टाएका छन् । यो दोस्रो महोत्सवमा ताम्बा भित्र रहेको विभिन्न फरक मतहरुको विषयमा र टुङनाको विषयमा सान्दर्भिक बसह हुनु पर्ने नेपाल तामाङ पत्रकार महासंघको अध्यक्ष विष्णु लामाले प्रश्न उठाएका थिए ।

महोत्सवमा तामाङ समुदायमा पाइने विभिन्न परिकारहरुको स्टल रहने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

भाषा, सस्कृति, रहनसहन र परिकारको बारेमा जानकारी लिन चाहनेहरुका लागि यो मौलिक दोस्रो सेलो संगीत महोत्सवको आकर्षणको केन्द्र विन्दु रहने छन् ।

महोत्सवका संयोजक एवं संघका उपाध्यक्ष विशाल काल्तनले तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, सम्वर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने महोत्सवको मूल लक्ष्य रहेको बताए। एक वर्षअघि नै आयोजना गर्ने तयारी गरिएको महोत्सव कोरोना महामारीका कारण रोकिएको उनले बताए।

महोत्सवमा डम्फूको तालमा गाउने तामाङ सेलो, म्हेन्दोमाया, खन्दोके, फापरेलगायत तामाङ समुदायमा प्रचलित गीतहरुलाई समेटिने संयोजक काल्तनको भनाइ छ।

नेपाल तामाङ कलाकार संघमा निर्वाचित नव अध्यक्ष विश्व दोङले तामाङ गीत, संगीतमा आएको विकृति र विसङ्गगतीको विरुद्घमा यो महोत्सवबाट नयाँ सन्देश दिन सकिन्छ कि भन्ने आशा र अपेक्षा लिएको महोत्सवलाई नजिकबाट नियाली रहेका व्यक्तिहरुको बुझाई रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »