सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महिला च्याम्पियन्स लिगमा लियोनलको लगातार पाँचौ उपाधि

काठमाडौं । फ्रेन्च क्लब लियोनले लगातार पाँचौ पटक युइएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

गएराति भएको फाइनलमा जर्मन क्लब वल्फ्सवर्गलाई ३-१ ले पराजित गर्दै लियोन च्याम्पियन बनेको हो ।

लगातार पाँचौ पटक उपाधि जितेपछि लियोनले रियल मड्रिडको पुरुष टिमले ५० र ६० को दशकमा जितेको लगातार पाँच उपाधिको कीर्तिमान बराबरी गरेको छ ।

स्पेनको सा सेबास्टिनमा भएको फाइनलमा लियोनका लागि युगुइने सोमर, साकी कुमाग्नी र सारा बोर्कगुन्नाडोटिरले गोल गरे । वल्फ्सवर्गका लागि एलेजान्द्रा पोपले एक गोल फर्काए ।

समग्रमा लियोनले सातौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । लियोन सर्वाधिक च्याम्पियनसमेत हो ।

भर्खरै

सम्बन्धित खबर

Language »