सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानसहित पशुपति आर्यघाटमा अन्तिम संस्कार (फोटो फिचर)

काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो ।

केहीबेरअघि मात्रै घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिएको छ।

राष्ट्रकवि घिमिरेका छोरा राजीव, इन्डिवर ११ बजेर ४८ मिनेटमा दायवत्ती दिएका थिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् ।

घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुगेका थिए ।

दागवत्ती दिनुअघि राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरेको थियो । यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »