सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोनाल्डोले ऐतिहासिक ७५० गोल पुरा गरे ।

वर्तमान विश्व फुटबल जगतका पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो सक्रिय खेल जीवनमा ७५० औं गोलको कोशेढुङ्गा पुरा गरेका छन् । जारी सिजन २०२०/२०२१ को युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोको क्लब युभेन्ट्सले युक्रेनी क्लब डिनामो किभलाई ३-० ले पराजित गर्दा रोनाल्डोले एक गोल गरेसँगै व्यक्तिगत ७५० गोलको आँकडा पूरा गरेका हुन् । पोर्चुगलको राष्ट्रिय टिमका लागि उनले १०२ गोल गरिसकेका छन् ।

युरोपका विभिन्न शिर्ष लिगहरुमा उनले प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर युनाइटेडका लागि ११८ गोल र ला लिगा अन्तर्गत रियल मड्रिडका लागि उनले ४५० गोल गरेका छन् । त्यस्तै सिरी ए अन्तर्गत हाल उनले युभेन्टस ७५ गोल गरिसकेका छन् । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत पनि उनले सर्वाधिक १३२ गोल गरेका छन् ।

आफ्नो सक्रिय खेल जीवनमा ५ पटक प्रतिष्ठित बलोन डी ओर उपाधी जितेका उनले ५ पटक नै युरोपियन च्याम्पियन्स लिग पनि जितेका छन् । यी बाहेक थुप्रै घरेलु क्लब लिग लगायत थुप्रै प्रतियोगिता जितेका उनले आफ्नो देश पोर्चुगललाई पनि युरो कप र नेशन्स लिगको उपाधी जिताएका छन् ।

हाल रोनाल्डोसहित चार सक्रिय खेलाडी लिओनल मेसी, जाल्टन इब्राहिमोभिच र रोवर्ट लेवान्डोस्कीले मात्रै पाँच सय गोल पूरा गरेका छन् । ७०० गोल पूरा गर्ने सक्रिय खेलाडी भने रोनाल्डो र मेसी मात्र हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »