सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोनाल्डो उत्कृष्ट शताब्दी खेलाडी, रियल उत्कृष्ट शताब्दी क्लब, लेवान्डोस्की वर्ष खेलाडी घोषित

युनाइटेड अरब इमिरेट्सको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले समकालीन लियोनल मेस्सी र मोहम्मद सलाह अनि लिजेण्ड खेलाडी रोनाल्डिन्होलाई पछि पार्दै २१औं शताब्दीका उत्कृष्ट खेलाडी “प्लेअर अफ दि सेन्चुरी” अवार्ड जितेका छन् । दुबईमा भएको सो अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । पाँच पटकका “बलोन डी ओर” बिजेता रोनाल्डोले पाँचपटक च्याम्पियन्स लिग, म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग जितेका छन् ।

रोनाल्डो उत्कृष्ट शताब्दी खेलाडी घोषित हुँदा उनको पुर्व क्लब रियल मड्रीडले २१ औं शताब्दीकै उत्कृष्ट क्लबको अवार्ड हात पारेको छ । स्पेनमा रियल म्याड्रिडले किर्तिमानी ३३ ला लिगा, १९ कोपा डेल रे, १० स्पेनिस सुपरकोपा सहित उपाधीहरु जितेका छन् । यसबाहेक युरोप र विश्वमा यस मड्रीड क्लबले १३ युरोपियन च्याम्पियन्स लिग, २ युइएफए कप, ४ युइएफए सुपर कप, ३ इन्टरकन्टिनेन्टल कप र ४ फिफा क्लब वर्ल्डकप सहित किर्तिमानी २६ उपाधीहरु जितेका छन् । सन् २०१७ मा रियल म्याड्रिडले लगातार ३ सिजन च्याम्पियन्स लिग जित्दै पहिलो कीर्तिमान राख्न सफल भएको थियो ।

सो ग्लोबल सकर अवार्डमा बार्यन म्युनिखका पोलिस खेलाडी रोवर्ट लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पार्दै सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । बायर्न म्युनिखकै प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्दा बायर्नले क्लब अफ दि इअरको अवार्ड जिते । दुई स्पेनिस् खेलाडी गोकिपर इकर कासियास र डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड प्राप्त गरे भने पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी घोषित भए ।

भर्खरै

सम्बन्धित खबर

Language »