सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिटी र लियोन क्वाटर फाइनलमा, रियल र युभेन्टस अन्तिम १६ बाटै बाहिरियो

च्याम्पियन्स लिग अन्तर्गत गत राती भएको खेलहरुमा अन्तिम १६ को दोस्रो खेलहरुमा इङ्लिस् क्लब म्यान्चेस्टर सिटीले जित दर्ता गर्दै अन्तिम आठमा अर्थात् क्वाटर फाइनलमा स्थान पक्का गरेका छन् भने इटालियन क्लब युभेन्टसले जित निकाले पनि क्वाटर फाइनल प्रवेश गर्न असफल रह्यो ।

सिटीले रियल मड्रीड विरुद्ध २-१ को जित निकाल्दै रियललाई उसकै मैदानमा पराजित गरेको हो । खेलको ९ औं मिनेटमा रहिम स्ट्रलिङ्ले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि करिम बेन्जिमाले २८ औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकिए पछि खेलको ६८ औं मिनेटमा गोल गर्दै पुनः सिटीलाई अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र खेल सिटीले जिते । अघिल्लो खेलमा २-१ को जित निकालेका सिटीले हिजो रातिको खेल जिते सँगै रियललाई समग्रमा ४-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेका छन् ।

रियल मड्रीडका स्ट्राइकर करिम बेन्जिमा

यता अर्को खेलमा क्रीस्टियानो रोनाल्डोको क्लब युभेन्टसले लियोनलाई २-१ गोलले पराजित गर्‍यो । लियोनले १२ औं मिनेटमा डिपेको पेनाल्टी गोल मार्फत खेलमा अग्रता लिएको थियो । युभेन्टसका लागि रोनाल्डोले ४३ मिनेटमा पेनाल्टी मार्फत गोल गरे । त्यसपछि दोस्रो हाफको ६० मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । बाँकी समयमा थप गोल हुन नसक्दा खेक युभेन्टसले जिते । पराजित लियोन अघिल्लो खेलको १ गोलको जितसँगै समग्रमा २-२ गोलको बराबरी सँगै युभेन्टसलाई अवे १ गोलको आधारमा पछि पार्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »