सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आईसीसीले पठायो नेपाली क्रिकेट खेलाडीको २०१९ को तलब

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको २०१९ को तलब पठाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले सोमबार बेलुका एक वर्षको तलब नेपाल क्रिकेट संघ (क्यान) को खातामा पठाएको हो।

आईसीसीले नेपाली टिमका २२ खेलाडी र १ जना भिडियो एनालिस्ट गरी २३ जनाको तलब पठाएको छ ।

खेलाडीको तलब आईसीसीले पठाएको तीन दिनमा क्यानको खातामा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा पठाइने अध्यक्ष चन्दले बताए ।

यसपटक आईसीसीबाट खेलाडीहरुको तलब विगतमा भन्दा मासिक १० हजार रुपैयाँ बढेर आउनेछ । नेपाली खेलाडीलाई ए, बी र सी ग्रेडमा बर्गीकरण गरिएको छ ।

ए ग्रेडका खेलाडीले मासिक ४५ हजार, बी ग्रेडकाले ३५ हजार र सी ग्रेडकाले २५ हजार रुपैयाँको दरले तलब पाउनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »