सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनाइटेडमा डेब्यु खेलमै रोनाल्डोको २ गोल

पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले डेब्यु गरेको खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत शनिबार भएको न्युकासलसँगको खेलमा युनाइटेडले ४–१ गोलको जित निकालेको हो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा घरेलु टिमलाई जिताउन रोनाल्डोले दुई गोल गरे भने ब्रुनो फर्नान्डेस र जेसे लिङ्गार्डले एक–एक गोल गरे । न्युकासलका जोभियर मनकुइलोले एक गोल फर्काए ।

पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ५६औँ मिनेटमा मनकुइलोले गोल गर्दै पाहुना टिमलाई बराबरीमा फर्काए ।

६२औँ मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाउँदा ८०औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै ३–१ गोलको अग्रता दिलाए । इन्ज्युरी समयमा लिङ्गार्डले गोल गर्दै युनाइटेडलाई ४–१ गोलको जित दिलाए ।

यससँगै रोनाल्डोले दोस्रो पटक युनाइटेडबाट सानदार डेब्यु गरेका छन् । ३६ वर्षीय फरवार्ड १२ वर्षपछि ओल्ड ट्राफोर्ड फर्किएका हुन् । युनाइटेडले सहरी प्रतिद्वन्द्वी क्लब म्यानचेस्टर सिटीबाट उम्काएर पाँच पटकका बालोन डी‘ओर रोनाल्डोलाई ओल्ड ट्राफोर्ड फर्काएको हो ।

यसअघि उनी सन् २००३ देखि २००९ सम्म ओल्ड ट्राफोर्ड बसेका थिए । ६ वर्ष इङ्ग्ल्यान्ड बसाइका क्रममा उनले दुई सय ९२ खेल खेलेर एक सय १८ गोल र ६९ असिस्ट गरेका थिए । त्यसबाहेक उनले एउटा बालोन डी‘ओर त्यहीबाट जितेका थिए भने एक पटक च्याम्पियन्स लिग र तीन पटक प्रिमियर लिगको उपाधि जितेका थिए ।

जितसँगै युनाइटेडले चार खेलमा १० अङ्क जोडेको छ । ऊ शीर्ष स्थानमा छ ।

भर्खरै

सम्बन्धित खबर

Language »