सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युरोपियन गोल्डेन बुट सिरो इम्मोबिलेको पोल्टामा

युरोपका शीर्ष पाँच लिगका सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुट यस वर्ष अर्थात् सिजन २०१९/२० को गोल्डेन बुट इटालियन क्लब लाजियोका सिरो इम्मोबिलेले जितेका छन् । सिरी ए लिग अन्तर्गत ३६ गोल गर्दै उनले सिरी ए लिगकै उनका प्रतिस्पर्धी कृष्टियानो रोनाल्डो र जर्मन लिगका रोवर्ट लेवान्डोस्की लाई पछि पर्दै उपाधी जितेका हुन् । जारी सिजन लिगमा लेवान्डोस्कीले ३४ र रोनाल्डोले ३१ गोल गरेका छन् ।

यससँगै इम्मोबिलेले सिरी ए लिग तेस्रोपटक गोल्डेन बुट प्राप्त गरे । यस अघि उनले २०१३/१४ को सिजनमा २२ गोल गरेका थिए भने २०१७/१८ को सिजनमा २९ गोल गरेका थिए तर युरोपियन गोल्डेन बुट भने जित्न सकेका थिएनन् ।

यस सिजन उनले युरोपियन गोल्डेन बुट प्राप्त गरेसँगै सिरी ए लिगमा रहेको हिगुइन गोल्जालोको ३६ गोलको किर्तिमानीसँग बराबरी गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »